Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. शशांकको तर्क, ‘राष्ट्रपतिको कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्‍नेको जमात बढ्यो’


    मंगलबार, साउन ६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीको पछिल्लो गतिविधिका कारण गणतन्त्रको तुलनामा राजतन्त्र नै ठीक भन्नेको जमात बढेको बताएका छन्।

    बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औं बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै महामन्त्री डा.शशांकले राष्ट्रपतिको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको दावी गर्दै उनले प्रश्न गरे, ‘विद्या भण्डारी नेपालको राष्ट्रपति कि नेकपाको?’

    डा.कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाइतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए। उनले आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको बताए।

    राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने उल्लेख गर्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

    महाधिवेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको उनको आरोप छ। आफूले सभापति देउवालाई सधै सहयोग गरेको तर सभापतिले पार्टीमा एकलौटी निर्णय गर्न नछोडेकाले देउवाविरुद्ध लाग्न बाध्य भएको उनको भनाइ थियो।

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्रि पाण्डे र गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार