काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीको पछिल्लो गतिविधिका कारण गणतन्त्रको तुलनामा राजतन्त्र नै ठीक भन्नेको जमात बढेको बताएका छन्।
बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औं बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै महामन्त्री डा.शशांकले राष्ट्रपतिको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको दावी गर्दै उनले प्रश्न गरे, ‘विद्या भण्डारी नेपालको राष्ट्रपति कि नेकपाको?’
डा.कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाइतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए। उनले आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको बताए।
राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने उल्लेख गर्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।
महाधिवेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको उनको आरोप छ। आफूले सभापति देउवालाई सधै सहयोग गरेको तर सभापतिले पार्टीमा एकलौटी निर्णय गर्न नछोडेकाले देउवाविरुद्ध लाग्न बाध्य भएको उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्रि पाण्डे र गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend