Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ मतदातालाई जीवनको पहिलो मतदान सूर्यमा गर्न ओलीको आग्रह


    आइतबार, बैशाख २५ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गरेका छन् । नयाँ मतदाताकाहरूको जीवनस्तर विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता जनाए । 

    नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्न आग्रह गरेका हुन् । जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरे । ‘तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,’ ओलीले भने । 

    उनले नयाँ मतदातालाई मात्र नभएर नेपाली कांग्रेसलाई मतदान गर्ने सोच बनाइरहेका मतदातालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिह्नमा मतदान गरौं ।’

    अब कम्तिमा दुई अवधि (पाँच/पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्‌मा नेकपा एमालेलाई विजयी गराउन पनि उनले मतदाताहरूलाई अनुरोध गरे ।  ‘नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाक्षां पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु,’ ओलीले भने । 

    गठबन्धन बनाउनको लागि जनताको मत नचाहिने भन्दै जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने ओलीको भनाइ छ । त्यो सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार