Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाविरुद्धको खोपमा अक्सफोर्डलाई ठूलो सफलता


    मंगलबार, साउन ६ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको परीक्षणमा ठूलो सफलता पाएको छ । सो खोप अहिलेसम्म १ हजार ७७ जनामा परीक्षण भएको र यसले रोग प्रतिरोधी क्षमतालाई बढाएको पाइएको हो । 

    खोपको प्रयोगपछि शरीरले कोरोनाभाइरससँग लड्नुका साथै शरीरमा सकारात्मक एन्टीबडी र टी-सेलहरु बनाउन सफल भएको बताइएको छ ।

    तर खोपको प्रयोगको साइड इफेक्ट भए/नभएको पुष्टि हुन बाँकी रहेको बताइन्छ। बेलायतको चर्चित विश्वविद्यालयले बनाएको सो खोपको नाम ‘सीएचएओएक्सवान एन कोभिड–१९’ राखेको छ ।

    यो खोपको विकासको लागि चिम्पाञ्जी सहयोग लिइएको बताइएको छ। चिम्पाञ्जीमा रुघाको कारण बन्ने भाइरसलाई नै आनुवंशिक सुधार गर्दै खोप बनाइएको दावी गरिएको छ । 

    यो खोप मानव शरीरमा प्रयोग गरिएमा टी-सेलको निर्माण गर्ने र यस्ता सेलले शरीरकी प्रतिरक्षा प्रणालीलाई शसक्त बनाउने गर्छ । यस्ता सेलले शरीरमा भएको संक्रमण समेत नष्ट गर्ने बताइएको छ । यो खोपले शरीरमा रोगविरुद्ध लड्ने एन्डीबडीलाई समेत तटस्थ बनाई भाइरसको प्रभावलाई खत्तम पारिदिने कुरा अहिलेसम्मको अध्ययन देखिएको बताइन्छ । 

    अहिलेसम्मको परीक्षणबाट यो खोपमा केही साइड इफेक्ट रहेको पाइएको छ। खोप लगाएकामा ज्वरो आएने र टाउको दुख्ने जस्ता समस्या आएपनि गम्भीर समस्या भने नआएको पाइएको छ । अहिलेसम्म खोप परीक्षणमा सहभागी ७० प्रतिशतमा यस्ता असर पाइएका हुन् । विश्वविद्यालयका प्रोफेसर सराह गिल्बर्ड भने खोपको नतिजा सकारात्मक भएको तर थप परीक्षण आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

    यस्तैगरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अक्सफोर्डले खोप निर्माणमा पाएको सफल परिणामको स्वागत गरेको छ । 

    सोमबार भर्चुअल पत्रकार सम्मेलन गर्दै काेभिड-१९ विरुद्धको खोपको परीक्षणको सफल परिणाम स्वागतयोग्य भएको जनाएको हो । विश्वविद्यालयको अबको काम ठूलो परिमाणमा वास्तविक परीक्षण हुनुपर्नेमा समेत डब्ल्यूएचओले जोड दिएको छ । 

    ‘यो राम्रो खबर हो। हामीसँग यतिबेला २३ प्रकारका कोभिड-१९ विरुद्धको खोपहरु अहिले विकासका चरणमा छन्। आजसम्म हामीसँग यी खोपहरुमध्ये एउटा मात्रै खोपको पहिलो चरणको क्लिनिकल डाटा उपलब्ध छ,’ विश्व स्वास्थ्य संगठन आपतकालीन कार्यक्रममा कार्यकारी निर्देशक डा. माइक रायनले बताए । 

    अक्सफोर्ड विश्वविद्यालयको खोप सुरक्षित भएको र यसले सकारात्मक रोग प्रतिरोधी क्षमता विकास गरेको डा. रायनले पुष्टि समेत गरे । 

    उनले भने,’हामी यो अध्ययनलाई स्वागत गर्छौं । साथै अक्सफोर्ड विश्वविद्यालय र जेनर इन्स्टिच्युटका सहकर्मीका साथै डाटा सार्वजनिक गर्ने अष्ट्राजेकेकाका सहकर्मीलाई समेत बधाई समेत दिन्छौं।’

    यस्तैगरीडब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एढानोमले परीक्षणमा सफल भएका भ्याक्सिन विश्वका सबै मानिसले पाउनु पर्ने विचार राखेकाछन् ।(एजेन्सीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार