Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आर्मीको महिला भलिबल टोलीलाई पहिलो एनभीए उपाधि


    शनिबार, बैशाख २४ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि पहिलो पटक जितेको छ ।

    शनिबार राखेप कभर्डहलमा आर्मीले फाइलनमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करण आफ्नो नाममा लेखाएको हो । आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्‍यो ।

    उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख रुपैयाँ प्राप्त गर्‍यो ।

    यस्तै, तेस्रो स्थानमा रहन सफल एपीएफ क्लबले एक लाख ५० हजार रुपैयाँ पायो । आर्मी र पुलिसले चार खेलबाट समान नौ अंक जोडे पनि पहिलो सेट जित्दा पाएको अंकका आधारमा आर्मी च्याम्पियन बनेको हो ।

    प्रतियोगितामा महिलातर्फ पाँच टोलीको सहभागिता थियो । आजै हुने पुरुषतर्फको अन्तिम खेलमा अहिले आर्मी र टिपटप हेल्प नेपालबीच प्रतिस्पर्धा भईरहेको छ । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार