Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मनसुन कहर: नारायणी र अरुण नदीमा बढ्यो खतरा


    मंगलबार, साउन ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लगातारको वर्षाले देशभरका नदीहरुमा पानीको सतह बढेर खतराको स्थिति सृजना भएको छ। नारायणी र अरुण नदीमा पानीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    नारायणी नदीले आज बिहानैदेखि खतराको तह पारसँगै चितवनको देवघाटमा खतराको तह पार गरेको हो। महाशाखाका अनुसार देवघाटमा पानी सतह ९.८७ मिटर पुगेको छ। यो स्थानमा ८ मिटरलाई खतरा तह मानिएको छ।

    त्यस्तै, नारायणी नदीले चितवनकै नारायणघाट पुलमा पनि खतराको तह नजिक पुगेको छ। पुलमा पानी तह ११ मिटर पुगेको छ। यो स्थानमा १२.५३ मिटरलाई खतराको तह मानिएको छ। महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

    अरुण नदीले पनि धनकुटाको सिम्लेमा खतराको तह पार गरेको छ। अरुणमा पानीको सतह ११.९७ मिटर पुगेको छ। यो स्थानमा ११ मिटरलाई खतराको तह मानिएको छ। अझै पानीको सतह बढ्दै गएको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार