Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुकुम्बासीको नाममा विष्णु पौडेलले आफैंले जग्गा लिएः बालकृष्ण खाँण 


    शनिबार, बैशाख २४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ  । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गर्दै सुकुमबासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाएका छन् । 

    पाँच दलले बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘सुकुमबासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?,’ खाँणले भने, ‘सुकुमबासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र हैन काठमाडौंमा पनि । ’

    कुनै दल कमजोर भएर नभई संविधानको रक्षा, विधिको शासन, नागरिकका हक र प्रेस स्वतन्त्रताको रक्षाका लागि पाँच दलबीच गठबन्धन भएको उनको तर्क थियो । गृहमन्त्री खाँणले ७ दल र माओवादीबीच शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताए ।

    रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्तता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार