काठमाडौं । लगातार वर्षाका कारण उपत्यकाका नदीहरुमा पानी सतह ह्वात्रै बढेको छ । पछिल्लो ६ घण्टामा गरिएको मापन अनुसार काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
योसँगै उपत्यकाका सबैजसो नदीका बाढी सहर तथा बस्तीमा पस्ने खतरा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भर्खरै ट्वीट गर्दै मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्रायः सबै नदीमा बाढीले खतरा तह आसपास पुगेको छ। तसर्थ नदी/नालाको पानी सडक र बस्तीसम्म आउन सक्छ, बेलुकासम्मै उच्च सतर्क रहन अनुरोध गरिएको छ।
