Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन


    शनिबार, बैशाख २४ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    सिमकोट । गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न जिल्लास्तरका प्रमुख नेताले निर्देशन दिएका छन् ।  शनिवार विहान विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा बागी उम्मेदवारी यथावत राखे पार्टीको विधानअनुसार कारवाही गर्न चेतावनी दिएको छ ।

    गठबन्धनमा रहेका दलहरूद्वारा संयुुक्त रुपमा प्रकाशित विज्ञप्तीमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनले स्थानीय निर्वाचन २०७९ मा समिकरण गरेर जाने निर्णय गरेका कारण आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारले पार्टीको आधिकारी गठबन्धनलाई सहयोग नगरे पार्टीको साधारण सदस्यसमेत रहने छैनन् ।’

    हुुम्लामा ११ वैशाख ०७९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच दुुई दलीय गठबन्धनको निर्णय भएको थियो । सोहीअनुुसार जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता भई निर्वाचनमा होमिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार