काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ जान लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ जाने भएका छन् ।
प्रधानमन्त्री देउवा दिउँसो १ बजे तनहुँ जाने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवासँगै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता प्रकाशरण महतले चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वमन्त्री एवंम कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी पनि चुनावी कार्यक्रमका लागि गृह जिल्लामै छन् ।
कांग्रेस बरिष्ठ नेता पौडेलको गृह जिल्ला तनहुँमा यसपाली नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेर निर्वाचन लड्दैछन् ।
कांग्रेसको पकड मानिएको व्यास नगरपालिकामा जोशीपुत्र दिपकराज जोशी एमालेसँगको तालमेलमा मेयरमा लड्दैछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend