काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र पठाएको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ ।
भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र छन् । निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो । जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ ।
आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्या भन्दा केहि बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । ‘आयोगकै नीति अनुसार चितवनमा पनि केहि बढी मतपत्र आइपुगेको छ’, उनले भने ।
प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशतबढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ‘बण्डलमा मसि लतपतिएका, प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने आयोगले विगतमा जस्तै करिब १० प्रतिशत बढी मतपत्र पठाएको हो’, उनले भने ।
भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र पठाइएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरबाहेक ६ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र पुगेको छ । छ पालिकामा दुई लाख ११ हजार ९३३ मतदाता छन् ।
भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् । ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उमेदवारको होइन ।
आयोगले मतपत्रको आकार मिलाउनका लागि मतपत्रको अन्तिम लाइनमा उमेदवार नै नभएको चिह्न राखेर पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए । ‘भरतपुरमा मात्रै हो एउटा चुनाव चिह्न बढी भएर आएको । अरु पालिकाको मतपत्रमा झन् पाँचरदश वटा चिह्न बढी राखेर पठाइएको छ’, उनले भने ।
सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘मतदान केन्द्रको लागि चाहिने मतपत्र छुट्टाएर पोको पार्छौँ र सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाउँछौँ’, उनले भने, ‘मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।’
मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ ।
मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरुको रोहवरमा मतपत्रको पोको खोलिने उनले बताए । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । चितवनमा १६१ वटा मतदान स्थल र ४५१ वटा मतदान केन्द्र छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend