काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् ।
आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् ।
‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पानपा–६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्वीटरमा लेखेका छन् ।
उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताए ।
यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा छन् ।
जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो । गठबन्धनमा रहेका अन्य दलहरू नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका संयुक्त चुनावी सभामा सहभागी हुँदै आएका छन् ।
तर, जसपा अध्यक्ष यादवसँगै उक्त पार्टीका सङ्घीय परिषद् अध्यक्ष भट्टराई भने संयुक्त चुनावी सभामा सहभागी भएका छैनन् ।
भट्टराईको त गठबन्धन दलहरूबीच भएको तालमेलको विषयमा पनि असन्तुष्टि छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend