Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु


    शनिबार, बैशाख २४ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।

    उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए । 

    २०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिइन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार