सिन्धुपाल्चोक । सत्ता गठबन्धनसँग पराजीत हुने भएपछि एमाले गुण्डागर्दीमा उत्रिएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा चुनावी प्रचारका लागि घरदैलो अभियान संचालन गरिरहेका माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारसहितको टोलीमाथि शुक्रबार साँझ इन्द्रावती गाउँपालिकाको वडा नम्बर १० झोलुङ्गेमा पुगेपछि एमालेको उग्र जत्थाले आक्रमण गरेको थियो ।
एमालेले माओवादी नेता कार्यकर्तालाई चिर्पटै चिर्पटले प्रहार गरी मरणासन्न अवस्थामा पु्र्याएका छन् ।
झडपमा दुबै पक्षको करिब आधा दर्जन कार्यकर्ता घाइते भएको नेकपा माओवादी इन्द्रावतीका वडासचिव रामचन्द्र दुलालले बताएका छन् ।
नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष हाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार झम्कनाथ नेपालकै वडामा यो झडप भएको हो । माओवादीको चुनाब प्रचार प्रसार र घरदैलो कार्यक्रममा र्याली सहित झोलुङ्गेमा पुगेको थियो ।
भोट माग्न गाउँ पस्ने क्रममा नेकपा एमालेका कार्यकर्ताहरुले अभद्र व्यबहार गरेको माओवादी केन्द्र इन्द्रावती गाउँपालिकाका सचिव दीपक न्यौपानेले सामाजिक संजालमा लेखेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend