Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बसन्त लामा नौ दिने एआइजी हुँदै, चुनावको मुखमा बढुवा सिफारिस


    शुक्रबार, बैशाख २३ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । ५ एआइजी रिक्त भए पनि लामाको नाममात्र गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले सिफारिस गरेको छ ।

    समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
    उनी हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।  डिआईजी लामा आइजीपी सिंहकै ब्याची हुन् ।

    लामा ५६ बर्ष उमेरहदले एआइजी बढुवा भएको ८ दिनपछि जेठ ८ मा अवकाश ह्ुनेछन् । शुक्रबार बढुवा सिफारिस भएका उनलाई मन्त्रिपरिषदले कम्तीमा ७ दिनमा मात्रै बढुवा गर्नसक्छ । उनी बढुवा सिफारिस भएको बैशाख २९ मा ७ दिन पुग्छ । बैशाख महिनाका २ दिन र जेठमा ७ दिन गरी जम्मा ९ दिन उनी एआइजी हुनेछन् ।

    १५ दिनपछि अवकाश हुने भएकाले डीआइजी लामाको बढुवा छिटो गरिएको प्रहरी प्रवक्ता एसएसपी बिष्णुकमार केसीले बताए । ‘पाँच एआइजीका पद रिक्त हुँदाहुदै लामाको मात्रै नाम सिफारिस गरिनुको कारण जेठ ८ गते अवकाश हुने भएर हो’–केसीले भने ।

    लामाको अवकाशपछि मात्रै अब एआइजी बढुवा हुने भएको छ । ५ पद रिक्त हुँदा ४ महिनाअघि बढुवा भएकी विवादित डीआइजी पूजा सिंह समेत एआइजी बढुवामा पर्ने भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार