भैरहवा । नेकपा एकीकृत समाजवादी सिद्धार्थनगरले गर्न सकिने कुरामा मात्रै प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गर्दै पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनलगायतको टिमले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगरलगायतमा केन्द्रित रही ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
पुनले आफूहरूले जे गर्न सकिन्छ, त्यही कुरामात्रै अघि सारेको बताउँदै ‘हाम्रो नगर राम्रो नगर’ बनाउन नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताए । पर्यटन क्षेत्रको विकास, नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्म निर्भर, पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरूमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था, संस्कृतिको विकास, नगरका अधुरा योजनालाई प्राथमिकतामा लगायतका बुँदा प्रतिबद्धतामा उल्लेख छ ।
यस्तै, वातावरणीय दृष्टिकोणले सरसफाइयुक्त, प्रदूषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गरिने, स्वास्थ्य बिमालाई कडाइका साथ कार्यान्वयन गरिने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो पारिने, एकीकृत सम्पत्ति करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरूलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउने उल्लेख छ ।
नगरभित्र यत्रतत्र छरिएर रहेका अटोसर्विसहरुलाई उचित ठाउँमा व्यवस्थापन गरी ग्यारेज तथा सर्भिसिङ्ग गर्ने अटो व्यवसायलाई अटोभिलेजमा लैजाने र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा समावेश छ । नगरमा आइपर्ने विपत्, महामारी, प्राकृतिक प्रकोपको सामना गरी जनतालाई हरपल साथ र सहयोग उपलब्ध गराउने, नगरभित्र रहेको खेतीयोग्य जग्गालाई विशेष संरक्षण गरी चक्लाबन्दी र खण्डीकरणको उचित व्यवस्थापन गर्ने विषयलाई प्रतिबद्धतामा समेटिएको छ ।
यस्तै, विषम परिस्थतिका कारण प्रायः ठप्प रहेका यहाँका व्यापार, व्यवसाय, होटेल तथा रेष्टुरेन्टहरुलाई प्रोत्साहनका साथ अगाडि बढाउन विशेष पहल गर्ने, नगरमा रहेका जातजाति, भाषाभाषी, सम्प्रदाय सबैको आत्मसम्मान हुने गरी भौगोलिक रीतिरिवाज, सांस्कृतिक परम्पराको महत्त्वलाई जोड दिँदै थप हौसला पुग्ने काम गर्ने समाजवादीले प्रतिबद्धता गरेको छ ।
न्यायिक समितिले गर्नुपर्ने नगरको समस्यालाई छिटोछरितो र प्रभावकारी ढंगबाट किनारा लगाई नगरवासीहरूलाई न्यायको प्रत्याभूति दिइने र ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर सेवा उपलब्ध गराउने समाजवादीले जनाएको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend