काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् ।
पाँच दलीय गठबन्धनले आज शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए ।
‘उखान टुक्का सुनेर, राम्र राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो देख्यौं,’ श्रेष्ठले भने, ‘केपी ओलीबाट लोकतन्त्र बच्दैन ।’
उनले सम्बोधनका क्रममा ओलीलाई थारो गाईको संज्ञा दिए । उनले भने, ‘अब केपी ओली आयो लोकतन्त्र बचाउला भनेर दाना खुवाएको छ । बेत लाग्ने गाई भए पो व्याउँथ्यो, थारो गाई के ब्याउँथ्यो ।’
ओलीलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिनु मकैबारीमा बादरलाई कुरुवा राखे जस्तै भएको उनले बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend