Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सफा हिमाल अभियान- नेपाली सेनाले जम्मा गर्यो साढे १३ हजार केजीभन्दा बढी फोहोर


    शुक्रबार, बैशाख २३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले चार वटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ । 

    जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । 

    सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ । 

    सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ । 

    संकलन गरिएको फोहोरमध्ये १ हजार ५१३ केजी सड्ने खालको रहेको छ भने १२ हजार २६८ केजी नकुहिने खालको रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार