Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिलो एकदिवसिय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित


    शुक्रबार, बैशाख २३ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ब्याटिङ लाइन फेरि एक पटक चुक्दा नेपाल शुक्रबार जिम्बावे ‘ए’ विरुद्धको पहिलो एक दिवसीय खेलमा  ३ विकेटले पराजित भएको छ । 

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

    जिम्बावेका लागि ओपनर इनोसेन्ट कायाले अविजित ४८ रन जोडे । कायाले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

    त्यस्तै चेफास जुवाओले ३२ रन जोेडे । उनले २९ बला तीन चौका र दुई छक्का प्रहार गरे ।

    नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए । 

    यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले  जिम्बावे सामू १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

    नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनमा सीमित भएको थियो

    नेपालका लागि  सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे । 

    यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । 

    नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका एभान्सले २७ रन खर्चिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए ।

    नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । 

    यसअघि भएको तीन खेलकै ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार