Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ


    शुक्रबार, बैशाख २३ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार