Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणकाजी र बाबुरामको एउटै आवाज , काठमाडौं महानगरको लागि सिर्जना अपरिहार्य


    बिहिबार, बैशाख २२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताएका छन् ।

    गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज काठमाडौमा आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै उनीहरुले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताए ।

    ‘सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा नेता हुनुहुन्छ, त्यसैले उहाँ मेयरको स्वभाविक हकदार हुनुहुन्छ, उहाँको जीत सुनिश्चित छ’, उनीह्रुले भने। राजनीतिक व्यक्तिलाई परिवारसँग जोडेर सिंहबारे कुप्रचार गर्न खोजेको उनको भनाइ थियो ।
    पूर्वप्रधानमन्त्री भट्टराईले जनताको मेयर बनेर सिंहले काम गर्ने विश्वास समेत व्यक्त गरे । मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र नमूना राजधानी निर्माण गर्नका लागि आफूसमेत मेयरको उम्मेदवार बन्न खोजेको उनले स्मरण गरे ।

    पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा–काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार