Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इपीएल अ कात्तिक अन्तिम साताबाट


    बिहिबार, बैशाख २२ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । 

    इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ । 

    यसअघि प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत २३ असोजमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार