Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हावाहुरीले स्कुलको छानो उडायो


    बिहिबार, बैशाख २२ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी  । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको  जस्तापाता उडाएको हो । 

    अहिले बिद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाकाे पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए । 

    उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार