Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन, एमाले र ओली प्रवृत्तिसँग हो: रामचन्द्र पौडेल


    बिहिबार, बैशाख २२ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् । 

    चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए । 

    निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे । 

    चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार