Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गर्ने एसपी फिर्ता


    बिहिबार, बैशाख २२ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका एसपीले निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    निर्वाचन आयोगमा खटिएका एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको भन्दै फिर्ता लैजान पत्राचार गरेको हाे ।

    ‘बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यहार गर्नुभयो । आयुक्तमाथि अशोभनीय व्यवहार भयो,’ आयोग स्रोतले भन्यो, ‘यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार