Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनको सरकारले स्थायित्व दिन्छ: डिना उपाध्याय


    बिहिबार, बैशाख २२ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन . कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। 

    भरतपुरमा बिहीबार आयाेजित गठबन्धनकाे आमसभालाई सम्बाेधन गर्दै उनले जनताकाे चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने  भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेकाे जानकारी दिइन् । 

    गठबन्धनको निरन्तरता आवश्यक रहेकाे दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार