Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका अर्का अध्यक्षका उम्मेदवार फरार अभियुक्त, २ बर्षअघि नै पक्राउ पूर्जी जारी 


    बुधबार, बैशाख २१ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएका मिलनकुमार बिष्ट(मनिष)का बिरुद्ध दोहोरो नागरिकता लिएको र बैंकिङ कसुरको अभियोगमा पक्राउ पूर्जी जारी भएको छ । उनी चुनावअघि नै पक्राउ पर्ने भएका छन् ।

    अर्का एमालेका उम्मेदवारबिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको खुलेको छ । धनुषाको वटेश्वर गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्यामसुन्दर महतोका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । उनीबिरुद्ध महानगरीय प्रहरी बृत्त सिंहदरवारले २०७६ साउन १३ गते उच्च अदालत पाटनमा बैंकिङ कसुरमा पक्राउका लागि मागेको अनुमतिमा उच्च अदालत पाटनबाट २०७६ साउन १५ पक्राउ अनुमति दिइएको छ । उच्च अदालत पाटनबाट पक्राउ पूर्जी जारी गरिएको भए पनि महतो २ बर्षदेखि प्रहरीको नजरमा फरार अभियुक्त हुन् । तिनै फरार अभियुक्त महतोलाई एमालेले धनुषाको वटेश्वर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । 

    उच्च अदालत पाटनको बाणिज्य इजलासमा लालबबहादुर क्षेत्रीको जाहेरीले वादी नेपाल र प्रतिवादी श्यामसुन्दर महतो भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई तत्कालै नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल उनलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाणहरु लोप र नास गराई भागीजाने संभावना देखिएकाले उनलाई पक्राउ गर्न माग गरिएको थियो । तर उनलाई २ बर्षसम्म पनि पक्राउ गरिएको छैन । चेक बाउन्समा क्षेत्रीले उनीबिरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ अनुमति माग गरेको खुलासा भएको छ ।

    महानगरीय प्रहरी बृत्त सिंहदरवारले इलाका प्रहरी कार्यालय ढल्केवर महोत्तरीलाई पठाएको पत्रमा उल्लेख छ–लालबहादुुर क्षेत्रीले श्यामसुन्दर महतोको बिरुद्ध बैंकिङ कसुर मुद्दामा आवश्यक कारबाही गरिपाउँ भनी तालुक महानगरीय प्रहरी परिसरमा दिएको जाहेरी दरखास्त तालुक महानगरीय प्रहरी परिसरको चलानी नम्बर १६, मिति २०७६ साउन ७ गतेको पत्रसाथ यस कार्यालयमा प्र्राप्त हुन आएकाले प्रतिवादी धनुषा जनकपुर नगरपालिका १ घर भएका ३५ बर्षीय श्यामसुन्दर महतोलाई पक्राउ गर्नका निमित्त २०७६ साउन १३ गते उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भइआएकाले महतो तहाँ कार्यालयको वडा एरिया अन्तर्गत बस्ने गरेको भन्ने बुझिन आएको हुँदा खोजतलास गरी फेलापरेमा पक्राउ गरी पक्राउ पुर्जी दिई स्वास्थ्य परीक्षण समेत गराई यस कार्यालयमा उपस्थित गराइदिनुहुन अनुरोध गरिएको छ ।

    पक्राउका लागि ढल्केबर इलाका प्रहरी कार्यालयलाई लेखेको पत्रको बोधार्थ महानगरीय प्रहरी परिस काठमाडौं र जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई दिइएको छ । वटेश्वर गाउँपालिकाका वर्तमान अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले १५ महिनाअघि ८ लाख रुपैयाँ घुस लिइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पिछा गरेको थाहा पाएपछि फालेर भागेका थिए । क्षेत्रीले २०७८ फागुन १७ मा गाउँपालिकाकै प्रशासनिक भवन निर्माण सम्पन्न भएबापतको भुक्तानी दिँदा सेवाग्राहीबाट ८ लाख रुपैयाँ घुस लिएको खुलेको थियो । क्षेत्रीले घुस लिन लागेको गोप्य सूचनाको आधारमा अख्तिया।ले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरबाट पछ्याएको थियो ।

     गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्र २–०२९००१ झ ०००२ नम्बरको स्करपियो गाडीमा ८ लाख रुपैयाँ घुस लिएर भाग्दै गरेका क्षेत्री अख्तियारको टोलीले पिछा गरेपछि क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित बाटो छेउमा फालेर भागेका थिए । घुससहित पक्राउ परेका क्षेत्रीले यो स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिकाको अभ्यक्षको उम्मेदवारमा आफ्नो नाममात्रै सिफारिस गराएका थिए । तर उनीबिरुद्ध मुद्दा दर्ता भएकाले उम्मेदवारी रद्द हुने भएपछि एमालेले महतोलाई उम्मेदवार बनाएको थियो । तर महतो पनि बैंकिङ कसुरका फरार अभियुक्त रहेको खुलेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार