Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धादिङको जोगिमारामा पहिरोले ३ वटा गाडी बगायो , ४ वटा पुरिए


    सोमबार, साउन ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण धादिङ पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।

    यस्तै चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढीले क्षति पुर्‍याएको छ । पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार