काठमाडौं।लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन कुर्मीले चर्चा बटुली रहेका छन् । सामाजिक क्षेत्रमा सक्रिय कुर्मीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएसँगै चर्चा चुलिएको हो ।
कुर्मीले नगरवासीको आग्रह र जनभावना अनुरूप आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
दलगत राजनीतिभन्दा पनि समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको उनको दाबी छ । ‘हामी उपमेयरमा २२ जना प्रतिस्पर्धी छौं । सबै उम्मेदवार उत्तिकै क्षमतावान् छन् । तर, म दलभन्दा पर रहेर उम्मेदवार बनेको छु । किनकि मलाई सबै जनताको साझा बनेर काम गर्नू छ,’ उनले भने ।
लुम्बिनी सांस्कृतिक नगरको आफ्नो छुट्टै पहिचान रहेको बताउँदै उनले त्यसलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफूलाई युवाको साथ रहेको बताएका छन् ।
‘म आफै पनि युवा हुँ । ममा लुम्बिनीलाई बनाउने युवा जोस छ । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनदेखि सामाजिक क्षेत्रमा काम गरेकाले युवाहरूले मलाई उपमेयरमा उठ्न आग्रह गर्नु भएको हो,’ उनले भने । समाजलाई भ्रष्टाचार मुक्त बनाउनु अहिलेको अपरिहार्यता रहेको उनको ठहर छ ।
‘अहिले भ्रष्टाचारको अन्य गर्न आवश्यक छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । सुलभ र सहज स्वास्थ्य सेवाका क्षेत्रमा मैले काम गर्ने छु । सफा नगर बनाउन सधैँ प्रतिबद्ध रहने छु । महिलाका हक अधिकारका क्षेत्रमा काम गर्ने छु । सडक विस्तार, पुल विस्तार र खानेपानी विस्तारका क्षेत्रमा काम गर्ने छु,’ उनले भने ।
ज्येष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरूलाई रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबीजन, सिँचाइको लागि नहर, फ्री वाईफाई जोन, खुला ब्यायम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाइको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सेवा सुविधा बढाउने, होम स्टे सञ्चालन, लुम्बिनीलाई ग्रिन र क्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि नि:शुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भन्सार बनाउनेलगायतका योजना उनले अघि सारेका छन् ।
नगरपालिकामा लगानीमैत्री वातावरणको सिर्जना गर्न आफूसँग थुप्रै योजना रहेको कुर्मीले बताए । राजनीतिक दलका नेताहरूसँग जनताको वितिष्णा रहेकाले आफूले जित्ने लगभग पक्का जस्तै रहेको उनले बताए ।
विश्वास गरेर मत दिए नगरवासीको आफू प्रतिको विश्वास मर्न नदिने उनले बताएका छन् । स्थानीय अमन जैसवालले कुर्मीको साथमा युवाहरू रहेको बताएका छन् ।
‘उहाँ लामो समयदेखि युवाहरूको क्षेत्रमा काम गरिरहनु भएको थियो । उहाँले पर्यावरण, वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नु भएको छ,’ जैसवालले भने ।
गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठूलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्द्धनमा फरक अभियान चलाउनुपर्ने बताउँछन् । जतिधेरै पर्यटक भित्र्याउन सक्यो त्यति नै नगरपालिका समृद्ध हुने उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend