Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास


    बुधबार, बैशाख २१ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकोमा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उनको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन्।

    प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति गरेको आमन्त्रण स्वीकार गर्दै उनले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार