Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय खुला पौडीको तयारी पूरा


    बुधबार, बैशाख २१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको २४ औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । 

    दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदै छ ।

    प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । 

    यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ ।

    पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो ।  एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार