लमजुङ । लमजुङमा बदर मत कम गर्ने उदेश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मंसिर ३० गते हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधबार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो । सदरमुकाम बेशिसहरको फूलबारीमा आयोजना गरिएको नमुना मतदान कार्यक्रममा बुधबार बिहानैदेखि घुइँचो लागेको थियो ।
विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनले भनिन् ‘गाउँगाउँमा उम्मेदवारले नै मतदाता शिक्षाबारे जानकारी गराउनुपर्नेछ ।’
नमुना मतदानमा ३० जना सहभागी भए । जसमा ७ मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भयो । खसेको ३० मतमा २५ प्रतिशत मत बदर भएको थियो । बेशिसहरको फूलबारीमा गरिएको नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबृद्धाको लाइन मिलाउने मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । अहिले मतदाता शिक्षा कार्यक्रम नभएकाले राजनीतिक दलले यसलाई प्रभावकारी बनाउनुपर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
नमुना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । कार्यक्रममा जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य ,सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो । अहिले मतदाता शिक्षा अभाव भयो राजनीतिक दलका उम्मेदवारले मत माग्न जाँदा मतदाता शिक्षाबारे जानकारी गराउनुपर्ने जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालको भनाई छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा १ हजार ९ पूर्ण मत बदर भएको थियो । लमजुङमा मतदाताको संख्या एक लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend