Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीकै संरक्षणमा चोरीका मोटरसाइकल खरिद–बिक्रीः गिरोहका दुई नाइके पक्राउ


    सोमबार, साउन ५ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • दीपु भन्ने दीपेन्द्र श्रेष्ठ, सीताराम खतिवडा र रोहित श्रेष्ठ

    चितवन । लामो समयदेखि प्रहरीसँग सेटिङ मिलाएरु चोरीका गाडी र मोटरसाइकल कारोबार गर्ने दीपेन्द्र श्रेष्ठ ‘दिपु’ र रोहित श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले आइतबार राती उनीहरुलाई पक्राउ गरेको हो । हरेक एसपीसँग सेटिङ मिलाएर चोरीका गाडी र मोटरसाइकल कारोबार गर्दैआएका उनीहरुलाई आइतबार किन पक्राउ गरियो त ?

    चितवनमा साउन लागेपछि मात्रै ४ वटा मोटरसाइकल चोरी भएपछि दिपु र रोहितलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बागमती प्रदेशका डीआइजी बसन्त लामाले नै मोटरसाइकल चोरीमा संलग्न दीपु र रोहितलाई पक्राउ गर्न निर्देशन दिएको खुलेको छ । दिपु र रोहितले काठमाडौं, पोखरा लगायतका विभिन्न सहरबाट चोरी भएका मोटरसाइकल खरिद गर्ने र तुरुन्तै खोलाखाल(अप्रेसन) गरी नयाँ फिट गरेर बिक्री गर्दैआएका छन् । दीपुको मनकामना वर्कसपमा प्रहरी आएको नआएको हेर्नका लागि सीसीटीभी समेत राखी चोरीका मोटरसाइकलको कारोबार हुने गरेको छ ।

    यसअघि २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित गत बर्ष असार १३ मा पक्राउ परेका गिरोहका नाइके रोहितलाई सार्वजनिकमा मुद्दा चलाएर तत्कालीन एसपी दानबहादुर मल्लले उन्मुक्ति दिएका थिए । रोहितको वर्कसपबाट चोरीका मोटरसाइकल बरामद गरी तर्साएर एसपी मल्लले दीपुसँग लाखौं रकम मासिक घुस असुली गरी संरक्षण गरेका थिए । मोटरसाइकल चोरी प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण समेत लिएको थियो ।

    कास्की प्रहरीले पटक पटक रोहितलाई उपस्थित गराउन चितवन प्रहरीलाई पत्राचार गरे पनि प्रहरीसँगको सेटिङका कारण उनलाई कास्की पठाएको छैन । पोखरामा दीपु र रोहितले गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई उनीहरुले आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अधिकारीहरु नै बताउँछन् । चोरीका मोटरसाइकल र गाडी खरिदबिक्रीमा संलग्न यो गिरोहलाई नेकपा(साविक माओवादी) नेताहरुको समेत संरक्षण रहेको छ ।

    मोटरसाइकल र गाडी चोरीमात्र होइन, दीपु र रोहितले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउंने गरेको आरोप छ । यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर सूचनाबाहक बनाएका छन् । चोरी र मोटरसाइकल कारोबार गर्ने दीपु र रोहितले प्रहरीमा सूचना संयन्त्र फिट गरेका छन् । ११ बर्षदेखि घुमुवाका रुपमा हाकिमले अतिरिक्त आम्दानी गर्न परिचालन गरेका असई सीताराम खतिवडालाई मासिक निश्चित घुस दिएर दीपु र रोहितले प्रहरीमा फिट गरेका छन् । चोरीका मोटरसाइकल र गाडीको कारोबारको हब बनेको चितवनमा प्रहरीकै नाकैमुनि सयौं मोटरसाइकल दीपु र रोहितले बर्षौदेखि निर्वाध रुपमा कारोबार गर्नुमा खतिवडा जस्ता लामो समयदेखि कार्यरत घुमुवाकै कारण सम्भव भएको प्रहरी स्रोत बताउँछ ।

    motarcikal.jpg

    मनकामना वर्कसपमा चोरीका मोटरसाइकल यसरी अप्रेसन गरी एउटाको पार्टपूर्जा अर्कोमा फिट गरी बिक्री गरिन्छ 

    हवल्दार हुँदादेखि घुमुवा बसेका असई खतिवडाको दरबन्दी बिराटनगर भए पनि चितवनमा हरेक एसपीले उनलाई असुलीमा पारंगत भएकाले रमाना नदिई राखेका छन् । उनी पटक पटक असुलीमा विवादमा परे पनि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई भनसुन गरी रमाना नलिई कार्यरत छन् । खतिवडाका बारेमा धेरै उजुरी परेपछि बागमती प्रदेश प्रहरीका तत्कालीन प्रमुख शेरबहादुर बस्नेतले रमाना दिनू भनी निर्देशन दिंदा तत्कालीन एसपी दानबहादुर मल्लले रेणु दाहाललाई प्रयोग गरी थमौती गराएका थिए ।

    बागमती प्रदेशका वर्तमान डीआइजी वसन्त लामाले मकवानपुर, चितवन जस्ता जिल्लाका घुमुवादेखि मुद्दामा लामो समय कार्यरतलाई फेरबदल गर्न निर्देशन दिएका छन् । प्रहरीमा सुशासन कायम गर्न उनले लामो समय बसेकालाई फेरबदल गर्न निर्देशन दिएता पनि चितवनमा ११ बर्षदेखि घुमुवाका रुपमा असुलीमा बदनाम भएका असई खतिवडाको बारेमा भने उनले थाहा नपाएका हुन् वा रेणु दाहालकै दबाब हो ? त्यो भने चितवनका आम प्रहरीले बुझ्न सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार