Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा


    बुधबार, बैशाख २१ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु लगायत पाचँ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    अख्तियारले विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेका अन्यमा इञ्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल रहेका छन् । 

    छायाँनाथ रारा नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

    अनुसन्धानमा उनीहरु सबै मिलेर २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार