Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


    बुधबार, बैशाख २१ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध मुद्दा दायर गरेको छ । 

    मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको भन्दै आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हाे । 

    विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार