Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भातृसंस्थालाई कांग्रेसको निर्देशन- पूर्वनिर्धारित अधिवेशन स्थगित गर्नु


    बुधबार, बैशाख २१ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले आफ्ना भ्रातृसंस्थाहरुलाई पूर्वनिर्धारित अधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्न भनेका हुन् ।

    पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

    स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका तय गर्न भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार