Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिद्रोही नेताहरुको भेलाले विप्लवलाई महासचिवबाट हटायो


    बुधबार, बैशाख २१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ ।

    बुधबारदेखि चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसलाई हटाउने निर्णय गरेको हो ।

    सो पार्टीका एक केन्द्रीय सदस्यका अनुसार पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा हटाउने निर्णय गरेको हो । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । 

    ‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ केन्द्रीय सदस्य गुणराज लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र सरलाई बनायौ ।’

    पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताए । भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार