Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने साढे १३ सयभन्दा बढी चालकमाथि कारवाही


    बुधबार, बैशाख २१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ । 

    काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२५ जना, फुटपाथमा पार्किङ गर्ने ९६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७१ जना रहेका छन् । 

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४३ जना, क्षमता भन्दा बढी यात्रु राख्ने २७ जना र अवस्था ठिक नभएको सवारी साधन चलाउने ३० जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार