Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज काठमाडौंमा दुई र ललितपुरमा एक कोरोना संक्रमित भेटिए


    सोमबार, साउन ५ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा कुल तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    यसरी भेटिएका संक्रमित मध्ये राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा काठमाडौका दुई जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा  ललितपुरका एक जनामा कोरोना देखिएको हो ।

    काठमाडौं उपत्यकामा तीनसहित सोमबार देशभर १ सय ८६ जना काेराेना संक्रमित भेटिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ८ सय ६८ पुगेकाे छ ।

    देशका विभिन्न स्थानका २२ हजार २ सय २८ सय जना क्वारेन्टिनमा छन्। सोमबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार