काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ।
अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ ।
आन्तरिक उडान बन्द गरेर उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ
विमानस्थलमा यात्रुहरूको भीड लागेको छ ।