Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विदा नबसी एआईजी थापा नियमित काममा फर्किँदै


    बुधबार, बैशाख २१ २०७९
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् । 

    प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन विदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा विदा नबसेर काममा फर्किन तयार भएका हुन् । 

    थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन् । पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्। 

    पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् । उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ । 

    निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार