Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउदी अरेबियाले पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहायता दिने


    मंगलबार, बैशाख २० २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई साउदी अरबले ८ अर्ब डलर सहयोग गर्ने भएको छ। 

    साउदी अरबको भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको भ्रमण टोलीले उक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको हो।

    साउदी अरबको सहयोगले पाकिस्तानको अर्थतन्त्र सुधार्न सहयोग पुर्‍याउने विश्वास गरिएको समाचार संस्था पीटीआईले जनाएको छ। 

    पछिल्लो समय साउदी अरेबियाले पाकिस्तानलाई निरन्तर सहयोग गर्दै आएको छ। 

    आर्थिक संकटमा परेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति गत महिना ११ अर्ब डलरभन्दा तल झरेको थियो।

    एक अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानले तेलको सहयोग १ अर्ब २० करोडबाट बढाएर २ अर्ब ४० करोड डलर पुर्‍याउने प्रस्ताव गरेको थियो।  त्यसमा साउदी अरेबिया सहमत देखिएको हो।

    साउदी अरेबियाले पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा पनि पाकिस्तानलाई ४ अर्ब २० करोड डलरको आर्थिक सहयोग प्रदान गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार