चितवन। चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उमेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । यसपाली पाँच दल मिलेर गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनको भरतपुर महानगर समितिले प्रतिबद्धता पत्र तयार गरेको हो ।
महानगरको लगानीमा कक्षा १ मा भर्ना हुने छोरीहरुलाई लक्षितगरी ‘छोरी शैक्षिक बिमा’ कार्यक्रम सञ्चालन गर्ने र यसले २० वर्षसम्मको शिक्षा र स्वास्थ्य बीमा हुने महत्वाकांक्षी योजना राखिएको छ । उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार र गरीब विद्यार्थीलाई सहुलियतपूर्ण ऋण र अनुदानको व्यवस्था गरिने उल्लेख छ ।
कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान र कृषि पेशमा संलग्न प्रत्येक किसानको पहिचान र वर्गीकरण गरी किसान पेन्सनको व्यवस्था गरिने उनीहरुको प्रतिबद्धतनामा जनाइएको छ ।
भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि पहिलो वर्षमा प्रत्येक वडाका ५० जना युवालाई कृषि, पर्यटन, वन तथा उद्योग क्षेत्रमा रोजगारी सिर्जना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि प्रत्येक वडामा कम्तिमा सय जनालाई स्वरोजगार बनाइने दाबी गरिएको छ ।
खेलकुदतर्फ प्रत्येक वर्ष महानगर स्तरिय महिला खेलकुद महोत्सव आयोजना गरिने बताइएको छ । खेलकुद विकासको लागि खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने, आवास विहिनलाई बहुतले भवन बनाई एकिकृत बस्ती विकास गर्ने र प्रत्येक घरधुरीलाई विद्युतीय चुलोमा ८० प्रतिशत अनुदान दिने महत्वाकांक्षी योजना राखिएको छ ।
त्यस्तै, ६० वर्ष नाघेका दलितलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ज्येष्ठ नागरिक र परिवार विहिनहरुका लागि संरक्षण गृह निर्माण गर्नेलगायतका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । न्युज कारखाना
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend