Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन जना मृत अवस्थामा फेला


    मंगलबार, बैशाख २० २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

    ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

    महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार