काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका माथिल्ला तहका दुई कर्मचारी डेढ लाख घूससहित पक्राउ परेका छन्।
सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।