Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केशव स्थापितकाे स्पष्टीकरण- मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ


    मंगलबार, बैशाख २० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् ।

    महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताए । 

    काठमाडौंमा मंगलबार आयोजित ‘चर्चा र विवाद’का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले ‘जागिर खाइदिने’ भनेर चेतावनी दिएको सुनिएको बताए । 

    यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उनको भनाइ छ । रश्मिलासँग उनले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार