Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नीमा एकेडेमीले ल्यायो, एस.ई.ई. परीक्षार्थीहरुका लागी  घरबाटै अनलाइन ब्रिज कोर्सको सुविधा 


    मंगलबार, बैशाख २० २०७९
    780
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँँ । एस.ई.ई.  २०७९ यहि वैशाख १७ गते समापन भएको छ । परीक्षा सकिएसँगै नीमा एकेडेमी एपले भने  विशेषतः दूरदराजका विद्यार्थीहरुलाई मध्यनजर गर्दै अनलाइन ब्रिज कोर्ष कक्षाहरुको व्यवस्था गरेको छ। नीमा एकेडेमीको ब्रिज कोर्ष अन्तर्गत परीक्षार्थीहरुले घरमै बसी ११ कक्षा (विज्ञान, ए–लेबल र व्यबस्थापन) संकायका लागी प्रवेश परीक्षाको तयारी गर्न सक्नेछन्।  करिब ६ हप्ता सम्म, हप्ताको ६ दिन, २ घण्टाको दरले  हुने उक्त ब्रिज कोर्षमा विज्ञान विषयका सबै सह–विषयहरु, गणित, सामान्यज्ञानका साथै अंग्रेजी पढाउने बारे नीमा एकेडेमीका कार्यकारी प्रमुख, निश्चलमान प्रधानले बताए। 

    साथै उनले, ‘न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने’ सन्दर्भमा नीमा एकेडेमी सुरुवाती दिनदेखि नै अग्रसर रहेकोमा जोड दिए । बिहान ७–९, दिउँसो १–३  र बेलुका ६–८ गरि ३ चरणमा, शिक्षार्थीहरुले अनलाइन मार्फत आफ्नो अनुकूलता अनुसार सहजै अध्ययन गर्न सक्नेछन्। साथै, यो अनलाइन  ‘ब्रिज कोर्स’ ले काठमाडौँ  बाहेकका अन्य शहर, गाउँ र  देशका कुनाकाप्चामा बस्ने भाइबहिनीहरुले पनि राजधानीकै गुणस्तर शिक्षा अब आफ्नै ‘कम्फर्ट जोनबाट’ पढ्न सक्ने सुविधा ल्याएको नीमा एकेडेमीका प्रमुख सञ्चालन अधिकृत, नेहा जोशीले अवगत गइन् ।

    कुल ७२ कक्षाहरु  हप्ताको ६ दिन र दिनको २ घण्टा (२ वटा कक्षाहरु ) अनलाइन मार्फत सञ्चालन हुनेछन्। साथै, एकेडेमीका विषयवस्तु–लेखक खिम बहादुर क्षेत्रीका अनुसार, ई–लर्निङ्ग लाई प्रश्रय दिने हेतुले प्रविधिको उच्चतम  प्रयोग गर्दै विद्यार्थीलाइ ‘रिमोट लर्निङ्ग एक्सेस’ दिने कुरामा नीमा एकेडेमीले यो २०७९ सालको शैक्षिक सत्रमा  Online ±2 Entrance Preparation from Home  सुरु गरेको हो। विद्यार्थीहरुले  इन्टरनेट जडित जुनसुकै डिभाइसबाट पनि यो ६ हप्ते कोर्ष सहजै लिन सक्नेछन्। नीमा एजुकेसन फाउन्डेसनद्वारा सन् २०१८ मा २१औ शताब्दीको शिक्षाको आवश्यकता र प्रविधिमैत्री विश्वसँगै नेपाली शिक्षा जगतमा ई– लर्निङ्गलाई आत्मसात गरी नेपाली शिक्षा जगतमा कदम चालेको प्लेटफर्म हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार