Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सकियो खुमलटार बैठक, पदको लोभमा नपरेको प्रचण्डको स्पष्टोक्ति


    सोमबार, साउन ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । खुमलटारमा भैरहेको बैठक सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सोमबार पूर्व माओवादी केन्द्र तर्फका स्थायी समिति सदस्यहरुको बैठक चलेको थियो । 

    पछिल्लो समय नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको र यस्तोमा पूर्व माओवादी खेमा एकजुट हुने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए । पार्टी भित्रको विवाद बढ्दै गएको र विवाद समाधानको दुई फरक बिन्दु मिलाउन कठिन भएको अवस्थामा प्रचण्डले आफूनिकटको साथ मागेका हुन् । बैठकमा उनले आफू पदको लोभमा परेर विवाद मिलाउन अघि नसरेको समेत प्रष्ट पारेका थिए । 

    ‘म पदमोहमा हिँडेको छैन । सहमति खोज्ने प्रयास सकारात्मक छ । छिट्टै नै निष्कर्षमा पुग्छौं’, प्रचण्डको भनाई उद्धृत गर्दै ती सदस्यले बताए ।

    माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले प्रम ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा गर्ने बाहेकको विकल्प मान्न तयार भएका छैनन् । यस्तै प्रम ओली भने कुनै पनि हालतमा राजीनामा नदिने बरु अन्य विकल्पमा छलफल गर्न तयार रहेको बताउँदै आइरहेका छन् । 

    यस्तोमा प्रचण्डको मत निर्णायक हुने अवस्था आएकाले उनलाई निर्णय गर्नका लागि दबाब बढ्दै गएको बताइन्छ । छिटोछिटो कित्ता परिवर्तन गर्ने प्रचण्ड शैलीका कारण स्थायी समिति सदस्यहरुपनि जारी विवादमा प्रचण्डको भुमिकाबारे जान्नका लागि भन्दै खुमलटार पुगेको हुनसक्ने आँकलन गरिएको छ ।

    आजको बैठकमा प्रचण्ड निकट १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट भने अनुपस्थित रहेको बताइएको छ । तर रामबहादुर थापा बादल भने बैठकमा पूरै समय नबसेपनि बैठकको सुरुआत र अन्तिममा मिसिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार