काठमाडौं । खुमलटारमा भैरहेको बैठक सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सोमबार पूर्व माओवादी केन्द्र तर्फका स्थायी समिति सदस्यहरुको बैठक चलेको थियो ।
पछिल्लो समय नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको र यस्तोमा पूर्व माओवादी खेमा एकजुट हुने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए । पार्टी भित्रको विवाद बढ्दै गएको र विवाद समाधानको दुई फरक बिन्दु मिलाउन कठिन भएको अवस्थामा प्रचण्डले आफूनिकटको साथ मागेका हुन् । बैठकमा उनले आफू पदको लोभमा परेर विवाद मिलाउन अघि नसरेको समेत प्रष्ट पारेका थिए ।
‘म पदमोहमा हिँडेको छैन । सहमति खोज्ने प्रयास सकारात्मक छ । छिट्टै नै निष्कर्षमा पुग्छौं’, प्रचण्डको भनाई उद्धृत गर्दै ती सदस्यले बताए ।
माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले प्रम ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा गर्ने बाहेकको विकल्प मान्न तयार भएका छैनन् । यस्तै प्रम ओली भने कुनै पनि हालतमा राजीनामा नदिने बरु अन्य विकल्पमा छलफल गर्न तयार रहेको बताउँदै आइरहेका छन् ।
यस्तोमा प्रचण्डको मत निर्णायक हुने अवस्था आएकाले उनलाई निर्णय गर्नका लागि दबाब बढ्दै गएको बताइन्छ । छिटोछिटो कित्ता परिवर्तन गर्ने प्रचण्ड शैलीका कारण स्थायी समिति सदस्यहरुपनि जारी विवादमा प्रचण्डको भुमिकाबारे जान्नका लागि भन्दै खुमलटार पुगेको हुनसक्ने आँकलन गरिएको छ ।
आजको बैठकमा प्रचण्ड निकट १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट भने अनुपस्थित रहेको बताइएको छ । तर रामबहादुर थापा बादल भने बैठकमा पूरै समय नबसेपनि बैठकको सुरुआत र अन्तिममा मिसिएका थिए ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend