Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पदाधिकारी नियुक्तीको विरोध गर्दै नेविसंघले गर्‍यो त्रिविमा तालाबन्दी


    सोमबार, साउन ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख, क्याम्पस प्रमुख तथा डीन नियुक्तीको विरोध गरेको छ । ती नियुक्तीहरु खारेज हुनुपर्ने माग राख्दै संघले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको छ।

    नेविसंघले नेकपालाई शैक्षिक संस्थालाई भर्तीकेन्द्र बनाएको आरोप  समेत लगाएको छ । 

    नेविसंघ त्रिवि एकाई सचिव योगेन्द्र रावलले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थालाई कम्युनिस्टीकरण गर्नेगरी पदाधिकारी नियुक्त गरेको र त्यो सबै खारेज हुनुपर्ने माग गरिएको छ । 

    विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्वपूर्ण प्राज्ञिक नेतृत्वको छनौट, नियुक्तिको आधार वरिष्ठता, कार्यदक्षता र पारदर्शीता हुनपर्ने नेविसंघले माग गरेको छ। माग पूरा नभएसम्म तालाबन्दी यथावत रहने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार