Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा लोडर दुर्घटना : दुईजनाको मृत्यु


    सोमबार, बैशाख १९ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हटेडौं।निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

    बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।

    लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार