Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ?


    सोमबार, बैशाख १९ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरुका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो । 

    निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्र निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्। 

    जस अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा दुई वटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् । 

    नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङग्रे वा तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउनेछन्। आयोगको कार्यविधिअनुसार सवारीसाधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवदेन दिनुपर्ने छ । आयोगले जारी गरेको निर्देशिका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित संख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्न जनाइएको छ । 

    ele.jpg-2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार